काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहलाई कालो झण्डा देखाइएको छ।
मेची महाकाली पदयात्रामा रहेका सांसद सिंह सहितको टोलीलाई विराटनगरको हाटखोलामा स्थानिय युवाहरूले झण्डा देखाएका हुन्।
सांसद सिंह सहितको टोली मोरङको कटहरीबाट विराटनगरको हाटखोला प्रवेश गरे लगत्तै स्थानीय युवाहरूले कालो झण्डा देखाएर विरोध गरेका हुन्।
यसबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार











प्रतिक्रिया