काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

 जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि दैनिक सवारी आवागमन बन्द गरिनेछ ।

सडक माथिबाट निरन्तर ढुंगा–माटो खसेर पहिरोको उच्च जोखिम निम्त्याइरहेकाले उक्त जोखिमयुक्त भागलाई माथिबाटै काटेर सडक सुरक्षित बनाउन सवारी रोक्न लागिएको जनाइएको छ ।

प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com