काठमाडौं  । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई नेताबीच करिब तीन घण्टा छलफल भएको स्रोतले जानकारी दियाे ।

स्रोतका अनुसार प्रधानमन्त्री शाहले आसन्न भारत भ्रमणका विषयमा छलफल गर्न लामिछानेलाई भेटका लागि बोलाएका थिए। भेटमा प्रधानमन्त्रीले भारत भ्रमणको कार्यतालिका, एजेन्डा र भ्रमणका क्रममा उठाइने विषयबारे लामिछानेलाई जानकारी गराएका थिए।

भेटमा लामिछानेले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका क्रममा राष्ट्रिय हितलाई केन्द्रमा राख्न सुझाव दिएका थिए। नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउँदै दुई देशबीच विश्वासको वातावरण निर्माण गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव थियो।

प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो औपचारिक राजकीय भारत भ्रमण हो।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com