सिरहा । सिराहाको मिर्चैयाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३१ ग्राम ४३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–५ का २४ वर्षीय दिलिपकुमार सिंह र २८ वर्षीय रञ्जितकुमार सिंह रहेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले शनिबार मंसिर ५ गते मिर्चैया नगरपालिका–६ स्थित कटारी जाने चोकमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरू सवार मोटरसाइकल रोकेर खानतलासी गर्दा ३१.४३० ग्राम खैरो हेरोइन फेला परेको थियो। प्रहरीले लागुऔषधसँगै प्रदेश १–००५ प ९१२४ नम्बरको मोटरसाइकल र दुई थान मोबाइलसमेत बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com