काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई गंगाजलसहितको घडा उपहार दिएका छन्।
सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा मोदीले प्रधानमन्त्री शाहलाई उक्त उपहार प्रदान गरेका हुन्।
भेटका क्रममा दुवै प्रधानमन्त्रीबीच उपहार आदानप्रदानसमेत भएको थियो। त्यस अवसरमा प्रधानमन्त्री शाहले मोदीलाई पशुपतिनाथको चन्दन, रुद्राक्ष र शालिग्राम समेटिएको धार्मिक सामग्रीको सेट उपहार दिएका थिए।
प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार













प्रतिक्रिया