नयाँदिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।

करिब १०० मिनेटसम्म चलेको वार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशको आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो।

वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री शाहले गरेका थिए। नेपाली टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए।

त्यस्तै, भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्रीका प्रधान सचिवद्वय डा. पीके मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री तथा नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायत उच्च अधिकारी सहभागी थिए।

दुई देशका प्रधानमन्त्रीबीचको यस वार्तालाई नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com