काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका लागि प्रधानमन्त्री वालेन्द्र शाहले दिएको निमन्त्रणा स्वीकार गरेका छन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा मोदीले नेपाल भ्रमणको निम्तो स्वीकार गरेको उल्लेख छ। यद्यपि, उनको भ्रमणको मिति भने कूटनीतिक माध्यमबाट तय गरिने जनाइएको छ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले आफू र आफ्नो प्रतिनिधिमण्डललाई दिएको न्यानो आतिथ्यप्रति मोदीलाई धन्यवाद दिएका थिए। सोही अवसरमा उनले भारतीय प्रधानमन्त्रीलाई औपचारिक रूपमा नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए।

शाहको निमन्त्रणालाई स्वीकार गर्दै मोदीले नेपाल भ्रमण गर्ने सहमति जनाएका हुन्। अब दुई देशबीच कूटनीतिक समन्वयमार्फत भ्रमणको मिति तय हुनेछ।

प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com