नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।
दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँ दिल्लीमा मोदीसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेका हुन्।
सो अवसरमा शाहले भारतीय नागरिकलाई पनि नेपाल भ्रमण गर्न आग्रह गरे। उनले नेपालका धार्मिक तथा पर्यटकीय गन्तव्यको भ्रमण गरेर दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सकिने बताएका थिए।
प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार












प्रतिक्रिया