काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको छ।

वाईसीएलका केन्द्रीय सचिव धनबहादुर वलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंमा हुलाकमार्फत जाहेरी पठाएका हुन्।

जाहेरीमा बेनसहितका व्यक्तिमाथि प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइलबाट प्रमाण मेटाएको र अनुसन्धान प्रक्रियालाई प्रभावित पारेको आरोप लगाइएको छ। उक्त मोबाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै बेनको घरसम्म पुर्‍याइएको दाबी गर्दै वलीले त्यससँग सम्बन्धित प्रमाणसमेत जाहेरीसाथ पेस गरेको बताएका छन्।

वलीले प्रधानमन्त्रीको सचिवालयका विशाल अधिकारी र चिराग श्रेष्ठ तथा गृहमन्त्रीको सचिवालयका जेम्स कार्कीमाथि समेत अनुसन्धान गर्न माग गरेका छन्।

यसअघि सोमबार जाहेरी दर्ता गराउन जिल्ला प्रहरी परिसर काठमाडौं पुगे पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको वलीले बताएका छन्। त्यसपछि उनले हुलाकमार्फत सम्बन्धित निकायमा जाहेरी पठाएका हुन्।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com