काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनको जस्तो लहर आगामी स्थानीय तहको निर्वाचनमा नचल्ने बताएका छन्। तनहुँको आँबुखैरेनीमा आयोजित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनमा मतदाताले उम्मेदवारको व्यक्तित्व, विगतको राजनीतिक इतिहास र पृष्ठभूमिलाई विशेष प्राथमिकता दिने धारणा राखेका हुन्।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरू प्रत्यक्ष रूपमा जनताको सम्पर्कमा रहने भएकाले उनीहरूको व्यक्तिगत छवि, व्यवहार र विगतको कामले चुनावी परिणाममा निर्णायक प्रभाव पार्ने प्रचण्डको विश्लेषण छ। सङ्घीय निर्वाचनको तुलनामा स्थानीय चुनाव फरक हुने उल्लेख गर्दै उनले उम्मेदवारलाई नचिनीकन र उसको पृष्ठभूमि थाहा नपाई जनताले मतदान नगर्ने दाबी गरे। स्थानीय तहमा पहिलाको जस्तो हुरीबतास आउन सम्भव नरहेको उनको भनाइ थियो।

आगामी स्थानीय निर्वाचनमा आफ्नो पार्टीले राम्रो परिणाम ल्याउन सके देशको समग्र राजनीतिक परिस्थितिमै सकारात्मक परिवर्तन आउने उनले बताए। सोहीअनुसार चुनावी तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै प्रचण्डले स्थानीय तहको नतिजाले राष्ट्रिय राजनीतिमा समेत प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरे।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com