काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो।
मंगलबार प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६ हजार ९६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार घटेर ३ हजार ४० रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य २ हजार ६०६ रुपैयाँ निर्धारण गरिएको छ।
प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार













प्रतिक्रिया