काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित २७ जनालाई पक्राउ गरेको छ।

मंगलबार र बुधबार गरिएको नियमित गस्ती तथा विशेष अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा काठमाडौंका १०, सुनसरीका ७, झापा र बाराका ६, तनहुँका २ तथा इलाम र दाङका १–१ जना छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हेरोइन, गाँजा र ट्रामाडोल ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको छ। केहीको साथबाट लागुऔषध कारोबारबाट आर्जित भएको आशंकामा नगद रकमसमेत फेला परेको छ।

पक्राउ परेकाहरूमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com