काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच आज पाँच घण्टा लामो भेटवार्ता भएको छ ।

सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमण, आगामी निर्वाचन, पार्टीको प्रशिक्षण अभियान, सरकारका कामकारबाही तथा संसद् अधिवेशनलगायत विषयमा छलफल भएको लामिछानेकाे सचिवालयले जानकारी दिएकाे छ ।

भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए । त्यसैगरी आगामी निर्वाचन र त्यसको तयारीका सन्दर्भमा दुवै नेताबीच कुराकानी भएको जनाइएको छ ।

रास्वपाले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियानका विषयमा पनि छलफल भएको थियो । यसैगरी सरकारका कामकारबाही, मन्त्री तथा मन्त्रालयको कार्यसम्पादन र अध्यादेश एवं आगामी संसद् अधिवेशनका विषयमा दुवै नेताबीच विचारविमर्श भएको बताइएको छ । भेटवार्ता आत्मीय र सौहार्दपूर्ण वातावरणमा भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com