काठमाडौं । हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ मा दुईवटा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ। बैंकले कार्ड तथा डिजिटल भुक्तानी कारोबारमा हासिल गरेको उपलब्धिका आधारमा उक्त सम्मान पाएको हो।

बैंकले आफ्नो स्थापनाकालदेखि हालसम्मकै उच्चतम एक्वायरर कारोबारको अभिलेख कायम गर्न सफल भएको भन्दै ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस एक्वायरिङ’ र ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड प्राप्त गरेको जनाएको छ।

भिसाबाट प्राप्त यी सम्मानले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा बैंकले हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन मिलेको बैंकको भनाइ छ। साथै, आगामी दिनमा ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न थप ऊर्जा र हौसला मिलेको बैंकले जनाएको छ।

हाल हिमालयन बैंकले देशभर १५७ शाखा कार्यालय, ११ विस्तारित काउन्टर र २७९ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकसँग ९ हजारभन्दा बढी पीओएस टर्मिनल तथा ८ हजार ५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रसमेत रहेका छन्।

यी सेवा सञ्जालमार्फत बैंकले आफ्ना ग्राहकलाई विभिन्न बैंकिङ तथा डिजिटल भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This