काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने भएका छन्। भारतको दुईदिने राजकीय भ्रमणबाट फर्किएपछि उनले भ्रमणका उपलब्धि र भारतीय पक्षसँग भएका छलफलबारे राष्ट्रपतिलाई जानकारी गराउने भएका हुन्।

प्रधानमन्त्री कार्यालयका अनुसार शाह दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।

प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेका थिए।

यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेट गरेका थिए।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This