काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

शुक्रबार अदालतमा उपस्थित गराइएका अर्यालमाथि थप अनुसन्धान गर्न चार दिनको म्याद दिइएको जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाले जानकारी दिए।

प्रहरीले उनलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरेको थियो। मलेसिया जाने नेपाली श्रमिकको बायोमेडिकल परीक्षणका नाममा तोकिएको शुल्कभन्दा बढी रकम असुलिएको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्यालमाथि अनुसन्धान गरिरहेको छ।

भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो। उक्त प्रकरणमा प्रहरीले यसअघि नै दुई पूर्वमन्त्रीसहित १० जनालाई पक्राउ गरिसकेको छ।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This