काठमाडाैं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यसुन २०० रुपैयाँले घटेर दुई लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ।
सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ५९५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला तीन हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँ रहेको थियो।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया