काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। माग पूरा नभएसम्म शव नउठाउने अडानसहित उनीहरूले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा धर्ना दिएका छन्।

आफन्तहरूले गृहमन्त्री सुधन गुरुङ स्वयं अस्पतालमा उपस्थित भई आफ्ना मागबारे प्रत्यक्ष सम्बोधन गर्नुपर्ने माग राखेका छन्। उनीहरूको अडानपछि गृहमन्त्री गुरुङ शिक्षण अस्पताल जाने तयारीमा रहेको स्रोतले जनाएको छ।

गृहमन्त्री निकट स्रोतका अनुसार गुरुङ सोमबार दिउँसोदेखि हिन्दु र मुस्लिम समुदायका अगुवासँग जारी छलफलमा व्यस्त थिए। उक्त छलफल अन्तिम चरणमा पुगेको र त्यसलगत्तै उनी शिक्षण अस्पताल पुग्ने कार्यक्रम रहेको बताइएको छ।

रवीन्द्र मेहताको मृत्युले कप्तानगञ्ज घटनालाई थप संवेदनशील बनाएको छ। मृतकका आफन्तले सरकारबाट स्पष्ट जवाफ र आफ्ना मागको सम्बोधन नभएसम्म शव नबुझ्ने अडान दोहोर्‍याएका छन्।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com