काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग महत्वपूर्ण छलफल गर्ने भएका छन्।

बुधबार बिहान साढे ९ बजे हुने उक्त छलफलमा नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशक सहभागी हुने कार्यक्रम रहेको छ। अर्थ मन्त्रालय र केन्द्रीय बैंकबीचको समन्वयलाई थप प्रभावकारी बनाउने, मुलुकको वर्तमान आर्थिक अवस्था, मौद्रिक नीति कार्यान्वयन, बैंकिङ क्षेत्रका चुनौती तथा वित्तीय प्रणालीलाई थप सबल बनाउने विषयमा छलफल केन्द्रित हुने अपेक्षा गरिएको छ।

छलफलमा बैंकिङ क्षेत्रमा देखिएका तरलता, कर्जा प्रवाह, लगानी विस्तार, निजी क्षेत्रको आर्थिक गतिविधि, वित्तीय स्थायित्व तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउने उपायका विषयमा समेत विचार–विमर्श हुने स्रोतले जनाएको छ।

अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि डा. वाग्लेले आर्थिक सुधार, निजी क्षेत्रको विश्वास अभिवृद्धि तथा वित्तीय क्षेत्रलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न निकायसँग निरन्तर संवादलाई प्राथमिकतामा राख्दै आएका छन्।

आजको बैठकलाई सरकार र केन्द्रीय बैंकबीच नीतिगत समन्वय तथा आगामी आर्थिक रणनीतिबारे साझा धारणा निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com