काठमाडौं। प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये केहीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद गरिएको छ भने केहीबाट चिकित्सकको सिफारिसबिना बिक्री–वितरण गर्न नमिल्ने औषधि तथा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
रोल्पा, कैलाली, पाँचथर, कञ्चनपुर, बाँके, सुर्खेत, मोरङ र चितवन लगायतका जिल्लामा सञ्चालन गरिएको कारबाहीका क्रममा ब्राउनसुगर, ट्रामाडोल, स्पास्मो, स्पास्पेन ट्याब्लेट तथा ५०० ग्राम गाँजासहित उनीहरू पक्राउ परेका हुन्। चितवनबाट गाँजासँगै नगद १ लाख २९ हजार ५२५ रुपैयाँ पनि बरामद भएको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार












प्रतिक्रिया