काठमाडौं । सिराहा स्थित घरमा लुकाई छिपाइराखेको अवस्थामा कटुवा पेस्तोल फेला परेपछि एक युवा काठमाडौँबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बुधबार राति विशेष सूचनाको आधारमा जिल्लाको सखुवान्कारकट्टी गाँउपालिका ५ महेशवारीका १८ वर्षीय मोहम्मद अफरोज राईनको घरमा खानतलासी गर्दा उक्त कटुवा पेस्तोल फेला परेको हो ।

पेस्तोल फेला परेसँगै राईनलाई काठमाडौँ तीनकुनेमा रहेको ट्वान्टीटवाईन्टी बोयज होस्टलबाट पक्राउ गरी थप अनुसन्धानका सिराहा तर्फ ल्याइएको प्रहरी प्रवक्ता रमेश बहादुर पालले बताए । प्रहरीले विशेष सूचना पाएसँगै खानतलासीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा टोली पठाएको थियो ।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com