काठमाडाैं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार थियो।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ ले बढेर चार हजार ५७० पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ४७५ मा कारोबार भएको थियो।
प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार











प्रतिक्रिया