काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित २७ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीका अनुसार काठमाडौं, नवलपरासी (पूर्व), सिन्धुली, सुनसरी, झापा, कास्की, भक्तपुर, मोरङ, तनहुँ, बझाङ, बाँके र चितवनमा सञ्चालन गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
काठमाडौंमा एक महिलाको साथबाट डाइजेपाम, बुप्रेनोर्फिन र प्रमेथाजिनका एम्पुल तथा नगद रु. २ लाख २६ हजार ८५० बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, नवलपरासी (पूर्व), सिन्धुली, सुनसरी, झापा, कास्की, भक्तपुर, मोरङ, तनहुँ, बझाङ, बाँके र चितवनका विभिन्न स्थानबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ, नियन्त्रित लागुऔषध र अन्य सामग्रीसहित थप व्यक्तिहरू पक्राउ परेका छन्।
प्रहरीले बरामद भएका लागुऔषध तथा पक्राउ परेका व्यक्तिमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार










प्रतिक्रिया