काठमाडौं।  धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट प्रहरीले करिब ६४७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–३ का २७ वर्षीय उमेश थिङ तामाङ र धनकुटाको शहिदभूमि गाउँपालिका–१ का ३६ वर्षीय तुलाराम राई रहेका छन्।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रक जाँच गर्ने क्रममा ४८ वटा पोकामा लुकाइछिपाइ राखिएको करिब ६४७ किलो गाँजा बरामद गरेको हो।

बरामद गरिएको गाँजासहित ट्रकका चालक उमेश र सहचालक तुलारामलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com