धनगढी । कञ्चनपुरमा घरको दोस्रो तलाबाट खसेर एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–६ ऐठपुरका २३ वर्षीय कपिल नेगीको छतबाट खसेर मृत्यु भएको हो।

शुक्रबार साँझ घरको छतबाट भुइँमा खसेका नेगीलाई उनका आमाबुबाले फेला पारेपछि तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याएका थिए। उपचारका क्रममा राति साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।

नेगीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमै राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com