नवलपरासी । जालसाजी गरेको आरोपमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो।
जालसाजीसम्बन्धी कसुरमा पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार













प्रतिक्रिया