बुटवल । तीन दिनदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।

६५ वर्षीय सिंहको शव आइतबार कपिलवस्तुको गोरुसिङ्गे जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार जंगल क्षेत्रमा खोजी गर्ने क्रममा सिंहको शव फेला परेको हो ।

सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नै घरबाट बाहिरिएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए ।

उनले प्रयोग गर्ने लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र गोरुसिङ्गे जंगलमा रोकिराखेको अवस्थामा शुक्रबार नै फेला परेको थियो ।

सिंहको खोजीका लागि प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेको थियो । गौतमबुद्ध विमानस्थलबाट समेत तालिमप्राप्त कुकुर ल्याएर खोजी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

सिंह कपिलवस्तु नगरपालिकाका पूर्वमेयरसमेत हुन् । उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com