काठमाडौं । जाजरकोटको काल्सेनी आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

केन्द्रका अनुसार यसअघि रोल्पाको इरीवाङ आसपास पनि भूकम्प गएको थियो। गत साउन १८ गते बिहान ३ बजेर ७ मिनेटमा इरीवाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो।

मंगलबार गएको भूकम्पबाट भएको क्षतिबारे प्रारम्भिक विवरण सार्वजनिक भएको छैन।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com