काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (साउन २६ गते) बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बैठक बोलाएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।

बैठकमा विभिन्न समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय गर्ने तयारी छ। विशेषगरी नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको विषयमा समेत निर्णय हुन सक्ने सम्भावना रहेको बताइएको छ।

मन्त्रिपरिषद् बैठकले नियमित प्रशासनिक तथा नीतिगत विषयमा समेत आवश्यक निर्णय गर्नेछ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com