काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमण फेरि स्थगित भएको छ।

उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण हालका लागि स्थगित गरिएको हो। यसअघि अगस्टको दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पछि सारेर सेप्टेम्बरको दोस्रो साताका लागि तय गरिएको थियो। तर, उक्त समयमा पनि लामिछाने चीन नजाने भएका छन्।

स्रोतका अनुसार अब चीन भ्रमणमा रास्वपाका सांसदहरूको टोली मात्रै जाने तयारी छ। लामिछानेको भ्रमण भने अर्को उपयुक्त मितिमा हुने बताइएको छ। यद्यपि, नयाँ मिति अहिलेसम्म निश्चित भइसकेको छैन।

यसअघि भारत भ्रमणपछि रास्वपा सभापति लामिछानेले चीन भ्रमण गर्ने तयारी गरिएको थियो। तर, भ्रमणको समय पटक–पटक सर्दै आएको छ।

सरकारी स्रोतका अनुसार लामिछानेले उपयुक्त समयमा चीनको भ्रमण गर्नेछन्।

यसैबीच, रास्वपाका उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिट्टै भारत भ्रमणमा जाने भएका छन्। उनको भारत भ्रमणका क्रममा उच्च तहमा भेटवार्ता हुने तयारी रहेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com