काठमाडौं । कर्णाली प्रदेशको जाजरकोट जिल्लामा २०८० कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट प्रभावित नागरिकका लागि सुरक्षित आवास पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ।

जाजरकोट जिल्लाको भेरी नगरपालिका–१ रावतगाउँका ६० वर्षीय चन्द्रे कामी र कौशिला विकको घरको शिलान्यास गर्दै पुनर्निर्माण अभियानको सुरुवात गरिएको हो। भूकम्प गएको लामो समयसम्म पनि आवास पुनर्निर्माणमा ढिलाइ भइरहेका बेला अभियान सुरु भएपछि स्थानीय प्रभावित परिवारमा आशा पलाएको उनीहरु बताउँछन् ।

भूकम्प प्रभावित नागरिकका सुरक्षित आवास निर्माणको विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा सांसद खडकबहादुर बुढाले पटक–पटक आवाज उठाउँदै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । पुनर्निर्माण कार्यलाई तीव्रता दिन गरिएको निरन्तर पहलपछि अभियानले औपचारिक रूप लिएको बताइएको छ।

घरको शिलान्यासका क्रममा कौशिला विकले भावुक हुँदै समस्यामा परेका नागरिकलाई साथ दिनु नै जनप्रतिनिधिको जिम्मेवारी भएको बता‍इन् । लामो समयदेखि भूकम्पको पीडा खेपिरहेका नागरिकले अब सुरक्षित आवास पाउने विश्वास व्यक्त गरेका छन्।

आजबाट सुरु भएको पुनर्निर्माण अभियानलाई जाजरकोट जिल्लाभर निरन्तर विस्तार गर्ने लक्ष्य राखिएको छ। भूकम्पपीडित नागरिकलाई सुरक्षित र व्यवस्थित आवास उपलब्ध गराउन सरकार, जनप्रतिनिधि, स्थानीय तह तथा सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताइएको छ।
भूकम्पपीडितको पीडा सम्बोधन गर्दै सुरक्षित आवास निर्माण गर्नु अभियानको मुख्य प्राथमिकता रहेको प्रतिनिधिसभा सदस्य बुढाले बताएका छन् ।

 

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com