काठमाडौं । रसुवामा बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले ७ जनाको उद्धार गरेको छ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार टिमुरबाट ४ जना र स्याप्रुबेँसीबाट ३ जनाको उद्धार गरिएको हो।
हेलिकप्टर अवतरण गर्न सक्ने अवस्था नरहेकाले उद्धार गरिएका व्यक्तिलाई बास्केटमार्फत हेलिकप्टरमा राखिएको सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेनाका चारवटा हेलिकप्टर परिचालन गरिएका छन्। ती हेलिकप्टर टिमुर, स्याप्रुबेँसी, मेलुङ र त्रिशूली क्षेत्रमा परिचालित छन्।
त्यस्तै, घाइते तथा प्रभावितको उपचारका लागि त्रिशूलीमा नेपाली सैनिक अस्पताल छाउनीबाट २० जनाको मेडिकल टोलीसमेत खटाइएको छ।
प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार










प्रतिक्रिया