काठमाडौं। गोसाईंकुण्ड यात्रामा निस्किएको ११ जनाको टोली नुवाकोटको विदुर नगरपालिका–१ सिम्मुटारमा आएको बाढीमा फसेको छ।
टोली सवार गाडीलाई बाढीले बगाएपछि उनीहरू भागेर सुरक्षित स्थानमा पुगेका थिए। तर, पछिल्लो समय टोलीसँग राम्रोसँग सम्पर्क हुन नसकेको आफन्त पूर्ण खड्काले बताएका छन्।
टोलीमा अप्सरा खड्का, प्रमिला श्रेष्ठ, टुनेबहादुर राउत, गेयल विष्ट, असोका राउतलगायत ११ जना रहेको जनाइएको छ।
टोली फसेको जानकारी सम्बन्धित निकायलाई गराइसकिएको र उद्धारका लागि पहल भइरहेको बताइएको छ।
प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार











प्रतिक्रिया