काठमाडौं। गत बुधबार आएको विनाशकारी बाढीपछि जारी उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग ब्रिफिङ लिएका छन्।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा लामिछानेले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिकको सुरक्षाबारे जानकारी लिएका हुन्।
भेटमा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी गराएका थिए।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको अवस्था, सरकारको उद्धार तथा राहत अभियान र नागरिक व्यवस्थापनका विषयमा समेत छलफल भएको थियो।
यस्तै, बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःस्थापना तथा प्रभावित नागरिकलाई राहत र सुरक्षित स्थानमा व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार












प्रतिक्रिया