काठमाडौं । भोटेकोशी बाढीबाट क्षतिग्रस्त विद्युत् संरचना पुनःस्थापना गर्दै प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्न ऊर्जा मन्त्रालयले काम तीव्र बनाएको छ। रसुवा र नुवाकोटमा प्राविधिक टोली परिचालन गरी विद्युत् आपूर्ति पुनःस्थापनाको प्रयास भइरहेको छ।
साञ्जेन जलविद्युत् आयोजनालाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी गरिएको छ भने तत्काल विद्युत् पुर्याउन नसकिने दुर्गम क्षेत्रमा सौर्यलगायत वैकल्पिक ऊर्जा प्रयोग गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। साथै, त्रिशूली–३ ए सुरुङमा फसेकाहरूको उद्धार कार्य पनि जारी रहेको छ।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार












प्रतिक्रिया