काठमाडौं। देशका विभिन्न भागमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि केभिडी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ।

कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रालि. (केभिडी ग्रुप) का तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरिएको हो। कम्पनीकी अध्यक्ष सुना मुखर्जीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै सहयोगबारे औपचारिक जानकारी गराएकी हुन्।

कम्पनीले हालै देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ।

केभीडी ग्रुपका अनुसार विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई आत्मसात् गर्दै सहयोग रकम उपलब्ध गराइएको हो। यसबाट विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा केही भए पनि योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

कम्पनीले उक्त रकम विपद् प्रभावित नागरिकको हितमा प्रभावकारी रूपमा सदुपयोग हुने विश्वाससमेत व्यक्त गरेको छ। साथै, विपद्को समयमा सरकार तथा सम्बन्धित निकायबाट भइरहेको राहत, उद्धार र पुनःस्थापनाका प्रयासप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा समेत आवश्यक सहयोगमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com