काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य सहज बनाउन नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ।

कृष्णभीरमा सडक अवरुद्ध भएपछि निगमले वैकल्पिक त्रिभुवन राजपथमार्फत काठमाडौंमा पेट्रोलियम पदार्थ र ग्यास ल्याउने व्यवस्था गरेको छ। उपत्यकाका लागि करिब २४ हजार ५ सय ग्यास सिलिन्डर ल्याउने तयारी गरिएको छ।

उद्धारमा प्रयोग हुने हेलिकप्टरका लागि १ लाख २ हजार लिटर हवाई इन्धन तथा बाढी प्रभावित क्षेत्रमा १ लाख ५ हजार लिटर पेट्रोल र २ लाख २ हजार लिटर डिजल उपलब्ध गराइएको निगमले जनाएको छ। साथै, रसुवा र नुवाकोटका प्रभावितका लागि ५०० ग्यास सिलिन्डर पठाउने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com