काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टोलीको अस्ट्रेलिया भ्रमणमा खराब ब्याटिङको समस्या कायमै देखिएको छ। टप एन्ड टी–२० सिरिजमा कमजोर प्रदर्शन गरेको नेपालले एकदिवसीय खेलमा पनि अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन।

तास्मानियाविरुद्धको पहिलो खेलमा नेपाल १९२ रनमै अलआउट हुँदै २ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा दक्षिण अस्ट्रेलियाविरुद्ध २६० रनको लक्ष्य पछ्याएको नेपाल १२१ रनमै समेटियो र १३८ रनको हार व्यहोरेको छ।

अस्ट्रेलियाको पिचमा बढी बाउन्स हुने भएकाले नेपाली ब्याटरलाई चुनौती भएको पूर्वराष्ट्रिय खेलाडी शरद भेषवाकरको भनाइ छ। उनका अनुसार यस्ता प्रतियोगिताले खेलाडीलाई विदेशी परिस्थितिमा खेल्ने अनुभव र आत्मविश्वास बढाउन भने महत्वपूर्ण सहयोग पुर्‍याउँछ।
नेपाल ‘ए’ ले अब अन्तिम एकदिवसीय खेलमा आइतबार न्यूजील्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com