काठमाडौं । दसैँपछि पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ।

गत असोज ३० गते सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँ थियो। दसैँअघिको तुलनामा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो।

महासंघका अनुसार सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ३८ हजार ७७० रुपैयाँ कायम भएको छ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। दसैँअघि प्रतितोला चार हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर तीन हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

चाँदीको मूल्य प्रतिदश ग्राम तीन हजार ३९१ रुपैयाँ कायम भएको छ। दसैँअघि यसको मूल्य प्रतिदश ग्राम तीन हजार ५५८ रुपैयाँ थियो।

प्रकाशित मिति: ९ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com