काठमाडौं । रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा ११ दिनदेखि फसेका एक चिनियाँ नागरिकको उद्धार गरिएको छ। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि उनी सुरुङभित्र फसेका थिए।
नेपाली सेना र दक्षिण कोरियाका विपद् विज्ञको टोलीले शनिबार दिउँसो अडिट–४ सुरुङबाट उनको उद्धार गरेको हो। उद्धारपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित छाउनीको वीरेन्द्र अस्पताल ल्याइएको छ।
प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार












प्रतिक्रिया