काठमाडौं । नुवाकोटको केन्द्रीय कारागारमा भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीका क्रममा कैदीबन्दीले सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए। बाढीको मौका छोपेर करिब ५० जना कैदीबन्दी कारागारको पर्खाल र गेट तोडेर करिब १०० मिटर भागेका थिए।

भागेका कैदीलाई नियन्त्रणमा लिने क्रममा केही कैदीबन्दीले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा केही सुरक्षाकर्मी घाइते भएका थिए। बाढीका कारण कारागारका संरचनामा क्षति पुगेपछि सुरक्षाकर्मीले ९२३ जना कैदीबन्दीलाई सुरक्षित स्थानमा सारेका थिए।

प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com