काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईले मुलुकमा देखिएको ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै चौलागाईले ग्यासको हाहाकारका कारण जनतासामु मुख देखाउनसमेत अप्ठ्यारो अवस्था बनेको टिप्पणी गरे।
‘ग्यासको हाहाकारका कारण अहिले बजारमा मुख देखाउन नहुने अवस्था बनेको छ। सरकार के हेरेर बसेको छ?’ उनले प्रश्न गरे।
सांसद चौलागाईले मंगलबार जेनजी शहीदका नाममा आयोजित कार्यक्रममा विवादास्पद व्यक्तिहरूलाई सहभागी गराइएको विषयमा समेत सरकारसँग जवाफ मागे।
प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार












प्रतिक्रिया