काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रबीच चालु आर्थिक वर्षका लागि कार्यसम्पादन करार सम्झौता भएको छ।
मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री चौधरी र सचिव मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदानप्रदान गरेका हुन्। सम्झौतामा मन्त्रालयका नीति, कार्यक्रम तथा बजेटमा समेटिएका प्राथमिकताका कामलाई तोकिएको समय, लागत र गुणस्तर कायम गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकता दिइएको छ।
सम्झौतापछि मन्त्री चौधरीले निर्धारित लक्ष्य र कार्यक्रमलाई परिणाममुखी ढङ्गले कार्यान्वयन गर्न निर्देशन दिँदै मन्त्रालयका कामलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिइन्।
प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार












प्रतिक्रिया