काठमाडौं । वर्षको तुलनामा चालु आवको पहिलो दुई महिनामा ग्यास बिक्री करिब १२ लाख सिलिण्डरले बढेको छ।

नेपाल आयल निगमका अनुसार गतवर्ष साउन र भदौको तुलनामा चालु आवको सोही अवधिमा करिब १२ लाख बढी सिलिण्डरको बजारीकरण भएको छ। २०८२ साउनमा ३१ लाख २१ हजार ४८ सिलिण्डर ग्यास बिक्री भएकामा चालु आवको सोही अवधिमा ४० लाख ३६ हजार ३६४ ग्यास बिक्री भएको छ।

यस्तै गत वर्ष भदौमा ३३ लाख ५५ हजार ९६० सिलिण्डर ग्यास बिक्री भएकामा चालु आवको भदौ २७ गतेसम्म ३७ लाख १३ हजार ८९४ सिलिण्डर ग्यास बजारमा पठाइएको निगमले जनाएको छ।

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com