काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित तथा विपद् संकटग्रस्त क्षेत्रका सांसद र स्थानीय तहका प्रमुखहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका जनप्रतिनिधि तथा प्रतिनिधिसभा सदस्यसँग छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा बाढीपछि प्रभावित क्षेत्रमा देखिएको अवस्था, उद्धार तथा राहतको प्रगति, तत्काल चाल्नुपर्ने कदम र पुनरुत्थान तथा पुनर्निर्माणका विषयमा छलफल भइरहेको छ।

प्रधानमन्त्रीले प्रभावित क्षेत्रको वास्तविक अवस्था स्थानीय जनप्रतिनिधिबाटै बुझ्ने र त्यसका आधारमा आगामी कार्ययोजना अघि बढाउने उद्देश्यले छलफल गरेका हुन्।

छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्य सहभागी छन्। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भने अनलाइनमार्फत छलफलमा सहभागी भएका छन्।

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com