काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)को आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र स्वतः रद्द भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार सूचना जारी गर्दै तोकिएको अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि आवश्यक दस्तुरसहित निवेदन नदिएपछि यूटीएलको अनुमतिपत्र भदौ २० गतेदेखि स्वतः रद्द भएको जनाएको हो।
यूटीएलले २०७३ भदौ २० गते आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र पाएको थियो। दूरसञ्चार ऐन, २०५३ को दफा २५ तथा सम्बन्धित नियमावलीबमोजिम नवीकरण प्रक्रिया पूरा नगरेपछि अनुमतिपत्र रद्द भएको प्राधिकरणले स्पष्ट पारेको छ।
अनुमतिपत्र बहाल नरहेको दूरसञ्चार सेवा प्रदायकको दूरसञ्चार सेवासँग सम्बन्धित सम्पत्ति नेपाल सरकारको स्वामित्वमा स्वतः हस्तान्तरण हुने कानुनी व्यवस्था रहेको प्राधिकरणले जनाएको छ।
सोही व्यवस्थाअनुसार प्राधिकरणले यूटीएललाई दूरसञ्चार पूर्वाधार संरचना, प्रणाली तथा दूरसञ्चार सञ्जाल प्राधिकरणलाई हस्तान्तरण गर्न सूचित गरेको छ।

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार












प्रतिक्रिया