सिराहा । सिराहाको गोलबजार नगरपालिका–१३ मा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय रामदयाल यादवका चार वर्षीय छोरा आयान्सकुमार यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मंगलबार बिहान घरअगाडि खेलिरहेका बालकलाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बालकको उपचारका लागि गोलबजारतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न मोटरसाइकल र चालकको पहिचान खुल्न सकेको छैन । प्रहरीले मोटरसाइकल र चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार












प्रतिक्रिया