काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्योङले होर्मुज जलडमरूमा आफ्नो देशले सेना तैनाथ नगर्ने स्पष्ट पारेका छन् ।

बीबीसी फारसी सेवाका अनुसार राष्ट्रपति लीले दक्षिण कोरिया कुनै पनि सैन्य तैनाथी नगर्ने, युद्धमा सहभागी नहुने र युद्धमा संलग्न नहुने बताएका हुन् ।

होर्मुजमा दक्षिण कोरियाली सेना पठाउने सम्भावनाको विरोधमा पछिल्ला केही सातादेखि देशभर प्रदर्शनसमेत हुँदै आएका छन् ।

राष्ट्रपति लीले भने दक्षिण कोरियाले आफ्ना व्यापारिक जहाज तथा तेल ढुवानीका मार्गको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् ।

यसअघि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले दक्षिण कोरियालाई होर्मुज जलमार्ग र फारसको खाडी क्षेत्रमा सैन्य उपस्थिति वा परिचालनमा सहभागी नहुन चेतावनी दिएका थिए । उनले त्यस्तो कदमलाई आक्रमणकारीलाई प्रत्यक्ष सहयोग गरेको रूपमा लिइने र त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com