काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २ हजार १०० बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियाे ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार












प्रतिक्रिया