काठमाडौं । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले विजयी सुरुवात गरेको छ। समूह ‘बी’को पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ अंकले पराजित गरेको हो।
पहिलो हाफमा १५–२४ अंकले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ३१ अंक जोड्यो। थाइल्यान्डले दोस्रो हाफमा १९ अंक मात्र जोड्न सक्यो। नेपालले बुधबार चाइनिज ताइपेइसँग दोस्रो खेल खेल्नेछ।
प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया